४ असार २०८३, बिहिबार

फेसबुकमा भ्रामक विषय राख्नेलाई मेयर साहको चेतावनी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २९ साउन । रौतहटको सदरमुकाम गौर नगरपालिकाका मेयर शम्भु साहले आफूविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा भ्रामक विषय राख्नेमाथि कारबाही गर्ने चेतावनी दिनुभएको छ । मेयर साहले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधि गर्नेमाथि कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

पछिल्लो केहीदिनदेखि मेयर साह, प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरलगायत गौर-९ का जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीबारे कपोलकल्पित, निराधार तथा भाम्रक कुरा सामाजिक सञ्जालमा अडियोरभिडियो सम्प्रेषण गरी चरित्र हत्या गर्ने प्रयास भइरहेको भन्दै उहाँले गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

उहाँले कपोलकल्पित, निराधार तथा भाम्रक कुरा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्ने/गराउने व्यक्ति तथा समूहको घोर भर्त्सना गर्दै त्यस्तो व्यक्ति वा समूहको बारेमा पत्ता लगाई आवश्यक छानबिन गरी कानुनी दायरामा ल्याई प्रचलित ऐन, नियम बमोजिम कडा कारबाही गर्न माग नर्गुभएको छ ।