
काठमाडौं, २९ साउन । पशुपतिनाथ परिसरमा झन्डै एक महिनादेखि जारी ऐतिहासिक श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा अझै पनि पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा पुग्नुभएको छैन् ।
हिन्दु अधिराज्य र हिन्दु राष्ट्रको माग गर्ने सबैजसो शीर्ष नेता र अभियन्ताहरू पुगिसक्दा पनि पूर्वराजा शाह र अध्यक्ष थापा भने अझै पुग्नुभएको छै्रन् । जबकी, उहाँहरू दुवैलाई आयोजकले निम्तो पठाएका थिए ।
शाह र थापा हिन्दु अधिराज्यका लागि लागिपर्नुभएको छ तर पशुपतिनाथको कोटीहोममा नपुगेपछि भक्तजन र उहाँहरूका समर्थकहरू निराश भएको जनाइएको छ ।
‘धेरै जसो आइसक्नु भएको छ, पूर्वराजा र कमल थापालाई पनि निम्तो त हामीले पठाएका थियौँ, उहाँहरू भने अझै आइपुग्नु भएको छैन्’, कोटीहोम प्रचार विभाग प्रमुख राजानन्द माण्डव्यले भन्नुभयो, ‘सायद फुर्सद नभएर हुन सक्छ, त्यसमाथि अझै २–३ बाँकी रहेको छ, सायद आउनुहोला ।’
साउन १ देखि सुरू भएको कोटीहोम मानव सेवा आश्रम निर्माणलगायतका उदेश्यसहित गरिएको हो । जहाँ आचार्य कृष्ण दमाइ, राधा दासी, देवी प्रतिभा, देवी चन्द्रकला सखीलगायतले प्रवचन दिनुभएको थियो ।








प्रतिक्रिया