२४ असार २०८३, बुधबार

प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

सुनुवाइ प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो ।