
वासिंगटन डिसी, २९ साउन । आसन्न अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्प र सामाजिक प्लेटफर्म एक्सका मालिक एलन मस्क दुवैले अमेरिकाको दक्षिणी सीमा व्यवस्थापनको आलोचना गर्नुभएको छ ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका सीईओ एलोन मस्कले आफ्नो मंगलबार बिहान एक्सको स्पेस कुराकानीको क्रममा अमेरिकन अध्यागमनको बारेमा लामो छलफल गर्ने क्रममा अवैध आप्रवासनका बारेमा खुलेर कुरा गर्नुभएको छ ।
मस्कले अमेरिकाले अवैध आप्रवासलाई सीमित गर्न आवश्यक रहेकोमा जोड दिदैँ अमेरिकाको दक्षिणी सीमा यात्राको क्रममा भोगेको र देखेको घटना सुनाउँदै भन्नुभयो कि, ‘त्यहाँ देखिएका मानिसहरू मैत्री देखिएनन् ।’ दक्षिण सीमाबाट अमेरिका छिर्न खोजिरहेका मानिसहरू क्यापेबल नभएको भन्नेमा उहाँहरू दुबै सहमत भएको सीएनएनले जनाएको छ ।
ट्रम्पले आफ्नो पूर्ववत दाबीहरू दोहोर्याउनुभयो कि अन्य देशका ‘अपराधी र मानसिक रोगी’ अमेरिकाको सीमा भित्र छिर्दैछन् । ट्रम्पले राष्ट्रपति जो बाइडेनको ‘सीमा रक्षक नियुक्त’ गरेको भन्ने दाबी झुटो भएको उल्लेख गर्दै सीमाका मुद्दाहरूको लागि उपराष्ट्रपति कमला ह्यारिसलाई पनि दोष दिनुभएको छ ।
तर, पूर्वराष्ट्रपतिले यदि आफू निर्वाचित भएमा यो प्रतिबद्धता जनाउनुभयो कि, ‘हामी निर्वाचित भयौँ भने हामीले यो देशको इतिहासमा सबैभन्दा ठूलो निर्वासन गर्नेछौँ ।’








प्रतिक्रिया