
न्यूर्योक, २९ साउन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटर (एक्स)मा फर्किनुभएको छ । उहाँले अमेरिकी व्यापारी तथा सोसल मिडिया साइट एक्सका मालिक एलोन मस्कलाई अन्तर्वार्ता दिइरहनुभएको छ ।
यतिखेर एलन मस्क र ट्रम्पबीचको अन्तर्वार्ता चलिरहेको छ । नेपाली समयअनुसार मंगलबार बिहान ५ः४५ बजेदेखि अन्तवार्ता हुने भनिए पनि प्रावधिक कारणले केही ढिलाई भएको थियो ।
अन्तर्वार्ता अघि ट्रम्पले आधा दर्जन भन्दा बढी ट्विट गर्नुभएको थियो । यो सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पको फिर्ताले उहाँको राष्ट्रपति चुनाव अभियानलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाका कारण ट्रम्पमाथि तत्कालीन ट्विटरले प्रतिबन्ध लगाइएको थियो । त्यसपछि ट्रम्प ट्विटबाट निष्क्रिय हुनुभएको थियो भने उहाँले आफ्नै अलग्गै सामाजिक सञ्जाल ट्रुथ सञ्चालनमा ल्याउनुभएको थियो । तर जब मस्कले २०२२ मा ट्विटर किन्नुभयो तब उहाँले ट्रम्पको खाता माथिको प्रतिबन्ध हटाउनुभयो ।
उहाँले यसबीचमा एक पटक ‘मग सट’को तस्वीर सार्वजनिक गरे पनि त्यसपछि उहाँले कुनै ट्विट गर्नुभएको थिएन । तर, मस्कसँगको जारी अन्तर्वाता सँगै ट्रम्प ट्विटरमा सक्रिय हुनुभएको छ ।







प्रतिक्रिया