६ असार २०८३, शनिबार

रास्वपा संसदीय दलको बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।

मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बोलाइएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नुअघि रास्वपाको बैठक बिहान १०:३० बजे बस्न लागेको उहाँले बताउनुभयो ।

प्रतिनिधि सभामा आज कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

रास्वपाले संसदीय दलको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिनुभयो । बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकसम्बन्धी छलफल हुनुको साथै प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने उहाँले बताउनुभयो ।