
काठमाडौ, २८ साउन । बंगलादेश बैंकका दुई डेपुटी गभर्नर र फाइनान्सियल इन्टेलिजेन्स युनिटका प्रमुखले अन्ततः विद्यार्थी आन्दोलनको सामना गर्दै सरकारलाई राजीनामा पत्र बुझाएका छन्।
त्यस्तै, राष्ट्र बैंकका एक सल्लाहकारले पनि गभर्नरसमक्ष राजीनामा बुझाएका छन् । अर्थ मन्त्रालयले दिउँसो १ बजेभित्रै राजीनामा बुझाउनुपर्ने जानकारी दिएको छ ।
उक्त निर्देशनपछि डेपुटी गभर्नर काजी सैदुर रहमान र मोहम्मद खुर्शिद आलमले बिहान राजीनामा पत्र बुझाउनु भएको हो । बिएफआइयुका प्रमुख मसुद विश्वासले पनि सचिवलाई राजीनामा बुझाउनु भएको छ । त्यस्तै, बंगलादेश बैंकका सल्लाहकार अबु फराह मोहम्मद नासेरले गभर्नरलाई राजीनामा बुझाउनुभएको हो ।
शेख हसिना सरकारको पतनपछि आक्रोशित अधिकारी र कर्मचारीहरूको एक समूहले बुधबार विरोध जुलुसमा केन्द्रीय बैंकका गभर्नर, चार डेपुटी गभर्नर, एक सल्लाहकार र बीएफआईयूका प्रमुखको राजीनामा माग गरेका थिए । बैंकिङ क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारमा बंगलादेश बैंकका यी उच्च अधिकारी नै जिम्मेवार रहेको बैंकका आन्दोलित अधिकारीहरुले दाबी गरेका छन्। यी पदाधिकारी आफ्नो पदमा रहिरहँदासम्म बैंकिङ क्षेत्रमा सुशासन कायम नहुने उनीहरुको विश्वास छ ।








प्रतिक्रिया