२९ असार २०८३, सोमबार

प्रचण्डले नेतृत्व छाडनु पर्ने माग आएपछि माओवादी बैठक ४ घन्टा पछि सर्‍यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक चार घन्टा पर सरेको छ ।

गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ । जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाईएको थियो। तर, शिर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टापछि सरेको हो ।

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राख्नुभएको थियो ।

सो पछि मुख्यतयाः जनार्दन शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने लिखित माग राखेपछि माओवादी बैठक पेचिलो बन्न पुगेको छ ।