
काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेश फर्किनेको संख्या पनि उत्तिकै बढेको बताउनुभएको छ ।
आज सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उहाँले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘विदेशिने युवाहरुको जमात बढ्दो छ । सँगसँगै विदेशबाट स्वदेश फर्किँने युवाहरुको पनि बाक्लो छ । युवाहरु विदेशबाट फर्किँदा पूँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’ साथै, उहाँले युवाहरुलाई उद्यमशिलतासँग जोड्नुपर्ने बताउनुभयो । उहाँले युवाहरुको लागि व्यवहारिक योजनाहरु पनि ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै जना युवाहरु उच्च शिक्षाको लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो समय यो सपना युवाको मात्र होइन् एउटा परिवार, समाजको पनि सपना भैइसकेको छ । त्यसैले कृयाकलापलाई हामीले रोक्न जरुरी छ ।’








प्रतिक्रिया