
काठमाडौं, २८ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज बिहान अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उहाँहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसीसम्बन्धलगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया