२६ जेष्ठ २०८३, मंगलबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६.०३ प्रतिशतले बढेको छ । जुन ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसले नाफा कमाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ११ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार आएको हो । आम्दानी ४१.४७ प्रतिशत बढेर ३ अर्ब ११ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

यता, खुद बिमा शुल्क आर्जन २७.४७ प्रतिशतले बढेर ९ अर्ब १० करोड ५९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी ३०.१८ प्रतिशतले बढेर १२ अर्ब ६६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

बीमा कोषको आकार ३३ अर्ब ६३ करोड रुपैयाँ भन्दा धेरैको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ५६ करोड ९५ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ ।