७ असार २०८३, आइतबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ । यहि साउन २३ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा पेश भएका ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा जारी बैठकमा आइतबार केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. नारायण खड्का, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङगेलु शेर्पा, दिनेशकुमार यादव, उदयशम्शेर राणा, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, राजीवविक्रम शाहले धारणा राख्नुभएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरु डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयबाबु शिवाकोटी, भीम पराजुली, सुशीला थिङ, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सिना र शान्ति परियार विकले धारणा राख्नुभएको थियो ।

आजको बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।