
काठमाडौं, २८ साउन । नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतका विदेश सचिव विक्रम मिस्री आज स्वदेश फर्किँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनुभएका विदेश सचिव मिस्त्रीले आइतबार उच्च स्तरीय भेटवार्ता गर्नुभएको छ ।
आइतबार नै विदेशसचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।
त्यस्तै, उहाँले आइतबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगसमेत भेटवार्ता गर्नुभएको थियो ।
परराष्ट्र मन्त्रालयकाअनुसार मिस्रीको भ्रमणले दुवै देशका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
विदेश सचिव मिस्रीले आज परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरी नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया