२२ असार २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २८ साउन । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जना प्रहरी जवानको मृत्यु भएको छ।

चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको आइतबार साँझ निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुुनभएका यादवलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल पछाडि सवार २५ वर्षीय नविनकुमार चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताउनुभयो ।

घाइते चौधरीको चन्द्रपुरस्थित अस्पतालमा उपचार भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि पठाइएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।