८ असार २०८३, सोमबार

जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विराटनगर–११ जनपथमा २२ कठ्ठा जग्गामा रु ४८ करोड लागत निर्माण गरिएको एक सय शय्याको गोल्डेन अस्पतालको आइतबार उद्घाटन गर्दै उहाँले प्रदेशको आर्थिक प्रगति एवं रुपान्तरण गरी गरिबीको रेखामुनिका रहेका जनतालाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख गर्नुभयो ।

प्रदेशको शिक्षा, कृषि, उद्योग, स्वास्थ्य, पर्यटन र सामाजिक क्षेत्रलाई आर्थिक निर्माण, रोजगार र देश विकासको आधारशिला बनाएर नेपालको विकास समृद्धिको यात्रा कोशीबाट हुने स्थापित गर्न सबै एकजुट हुन उहाँले आग्रहसमेत गर्नुभयो ।

अस्पतालका अध्यक्ष गुलावचन्द्र रौनियार, निर्देशक श्याम रौनियार, सञ्चालक सनातन मण्डल, पूर्वमन्त्री शिवकुमार मण्डल, प्रदेशका पूर्वमन्त्रीहरु जीवन घिमिरे, जयराम यादव, वडा न ११ अध्यक्ष तीर्थेन्द्र न्यौपाने र नेपाल कांग्रेसका नेता हसन अन्सारीले यस क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो ।