
रुपन्देही, २८ साउन । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीको ५औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सामाजिक, रचनात्मक तथा युवाहरुको नेतृत्व विकासमा सक्रिय क्लबको एक वर्ष, एक पद, एक व्यक्ति अनुरुप पदस्थापन कार्यक्रम गरिएको हो । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत आबद्ध क्लबले ५औं अध्यक्षको रुपमा रोटा वर्ष २०२४/२५ का लागि करुणा भुसाल चयन हुनुभएको छ ।
अध्यक्ष भुसालको टिममा निवर्तमान अध्यक्ष सुशन भट्टराई, उपाध्यक्ष/क्लब एडमिनिसट्रेटिभ चियर प्रसन्न अधिकारी, सचिव एन्जल आचार्य (अस्मित), कोषाध्यक्ष/इन्टरनेशनल सर्भिस चियर प्रतिक्षा अधिकारी, हेड अफ डिरेक्टर दिपक न्यौपाने, प्रोफेसनल सर्भिस ध्रुव डुम्रे, मेम्बरसिप निशान पोख्रेल, क्लब पब्लिक इमेज चियर भास्कर पाण्डे, सर्भिस प्रोजेक्ट सरद छेत्री, सर्गेंत एत् आर्म्सर सह सचिव समिप अर्याल, रोट्रयाक्ट लर्निंग फेसीलेटर दुर्लव पराजुली, क्लब एडभाइजर रोटरियन दिनेश पौडेल रोट्रयाक्ट एडभाइजर सुमन खनाल, बोर्ड एडभाइजर रोटरियन विमल सेञ्चुरी अध्यक्ष एडभाइजर रोटरियन कृष्ण पाण्डे एडभाइजर घनश्याम उपाध्याय, एडभाइजर प्रिय बन्धु न्यौपाने चयन हुनुभएको छ ।

क्लबका नवगठित अध्यक्ष भुसाललाई रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका वर्ष २०२३/२४ का अध्यक्ष सुशन भट्टराईले चार्टर्ड प्रमाणपत्र, अध्यक्ष कलर, गाबल र गोन्ग हस्तान्तरण गर्नुभएको थियो भने रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम छेत्रीले पद तथा गोपनियताको शपथ खुवाउनुभएको थियो भने अध्यक्ष भुसालले अन्य पदाधिकारीलाई शपथ खुवाउनुभएको थियो ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका वर्ष २०२४/२५ का अध्यक्ष करुणा भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम छेत्री, विशिष्ट अतिथि वर्ष २०२४/२५ का रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट रोट्रयाक्ट कमिटी चियर कृष्णप्रसाद पाण्डे, सियारी गाउँपालिकाका उपाध्यक्ष तारा चौधरी, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष प्रिय बन्दु न्यौपाने, सियारी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष धनपति खरेल, वर्ष २०२४/२५ का रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट सर्भिस को-चेयर हिराबहादुर शाह, जोन-१७ का जेडआरआर अंकित पौडेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम छेत्री, वर्ष २०२४/२५ का रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट रोट्रयाक्ट कम्युनिटी चेयर कृष्णप्रसाद पाण्डे, सियारी गाउँपालिकाको उपाध्यक्ष तारा चौधरी, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रोटरियन प्रिय बन्दु न्यौपाने, सियारी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष धनपति खरेल, जोन-१७ का जेडआरआर अंकित पौडेल, जीएसआर लक्की सिंह (गोविन्द)लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका हेड अफ डिरेक्टर तथा कार्यक्रम संयोजक दिपक न्यौपानेले स्वागत गर्नुभएको थियो भने कार्यक्रममा पूर्वअध्यक्ष/रोट्रयाक्ट लर्निंग फेसीलेटर दुर्लव पराजुलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्लबका प्रोफेसनल सर्भिस ध्रुव डुम्रेले गर्नुभएको थियो ।












प्रतिक्रिया