२९ जेष्ठ २०८३, शुक्रबार

पोखरामा एमएडब्लूको नयाँ शोरुम

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २७ साउन । नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले पोखरामा आफ्नो ब्राण्ड न्यू शोरुमको भव्य उद्घाटन गरेको छ । पोखराको बुद्ध चोकमा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम आइतबारदेखि सञ्चालनमा आएको हो ।

शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छ । फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता)को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वानसहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । आफ्नो व्यावसायिक सवारी साधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ । यसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पोखरा र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारी साधनहरू अनुभव गर्न, वित्तीय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।