२० असार २०८३, शनिबार

विराटनगरको लाइफगार्ड अस्पतालमा लागेको आगो निभाइयो

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २७ साउन । विराटनगर महानगरपालिका-५ बरगाछीस्थित लाइफगार्ड अस्पतालमा आज दिउँसो लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतकाअनुसार विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

अस्पतालकाअनुसार आइतबार दिउँसो ३ बजेतिर आईसीयू कक्षबाट आगलागी सुरु भएको थियो । अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. कैलाश श्रेष्ठले आईसीयूको एसीबाट आगलागी सुरु भएको जानकारी दिनुभयो ।

आगलागीबाट एसी, भेन्टिलेटर, मनिटर, पोर्टेबल एक्स-रे मेसिन, शय्यालगायत आईसीयू कक्षभित्र रहेका सबै सामान जलेको र रु एक करोड ५० लाख बराबरको क्षति भएको अस्पतालले जनाएको छ ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन । घटनाका कारण अस्पतालका सम्पूर्ण सेवा तत्काललाई बन्द गरिएको छ ।