१ श्रावण २०८३, शुक्रबार

एशियन हाइड्रोपावर घाटामा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । एशियन हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा घाटा व्यहोरेको छ । कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । यसको विद्युत बिक्रीबाट हुने आम्दानी १४ करोड ८७ लाखबाट घटेर १३ करोड ५ लाख रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ४ करोड २२ लाख रुपैयाँ घाटामा थियो । यता, वित्तीय खर्च १० करोड ८२ लाख रुपैयाँ रहेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा खुद नोक्सानी बढेको हो ।

 ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ३७ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी १६.४१ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ ९५.९५ रुपैयाँ रहेको छ ।