
काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।
बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने छ । आजको बैठकमा पनि नेताहरूले धारणा राख्ने क्रम जारी रहनेछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुने बताइएको छ ।












प्रतिक्रिया