२२ असार २०८३, सोमबार

युगान्डामा फोहोरको थुप्रो भत्किँदा दुई बालबालिकासहित आठ जनाको मृत्यु

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम्पाला, २७ साउन । युगान्डाको राजधानी कम्पालामा शनिबार एउटा फोहर जम्मा गर्ने स्थल (ल्यान्डफिल साइट) भत्किँदा दुई बालबालिकासहित आठ जनाको मृत्यु भएको नगरका अधिकारीले जानकारी दिएका छन् ।

भारी वर्षापछि कम्पालाको उत्तरी जिल्ला कितेजीमा फोहोरको थुपारेको स्थानमा पहिरो जाँदा केही घर, मानिस र जनावर फसेको बताएका छन् ।

कम्पाला क्यापिटल सिटी अथोरिटी (केसीसीए)ले एक विज्ञप्तिमार्फत यहाँ अहिलेसम्म मृत फेला परेका आठ जना व्यक्तिमध्ये दुई बालबालिकासमेत रहेको उल्लेख गरेको छ ।

केसीसीएले १४ जनालाई सकुशल उद्धार गरी अस्पताल लगिएको जनाएको छ । उनीहरूको अवस्था भने खुलाएको छैन ।

नगर प्रशासनले भनेको छ, ‘यहाँ उद्धार कार्य अझै जारी छ । थप जानकारीलाई निरन्तर अपडेट गर्नेछौँ ।’ एएफपी