३० असार २०८३, मंगलबार

विद्युत लाइन विस्तारका क्रममा करेन्ट लागेर एकको मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २६ साउन । विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर विष्टको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीकाअनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका–६ जडनङ्गामा विष्टलाई करेन्ट लागेको थियो ।

बडीमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर विष्ट घाइते भएपछि उपचारका लागि अछामका बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उहाँको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिनुभयो ।