२२ असार २०८३, सोमबार

आलोचनाको जवाफ कामबाट दिनुपर्छ : विशाल भट्टराई

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, २६ साउन । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य विशाल भटराईले कसैलाई पनि ओठे जवाफ नदिन पार्टीका नेता कार्यकर्ताहरुलाई सुझाव दिनुभएको छ । एमाले जिल्ला कमिटी झापाको बिर्तामोडमा सम्पन्न दोस्रो बैठकलाई सम्बोधन गर्नुहुँदै पोलिटब्युरो सदस्य भटराईले जस्तो सुकै आलोचना भएपनि त्यसको जवाफ काम गरेर दिनुपर्ने बताउनुभएको हो ।

१४ महिना झापाको पार्टी इन्चार्जको जिम्मेवारी पूरा गर्नुभएका नेता भटराईले झापामा केही आन्तरिक समस्या भएपनि नेता कार्यकर्ताले टिकट पाउनु भन्दा अघि सक्दो लभिङ गर्ने तर केन्द्रीय तहबाटले निर्णय गरिसकेपछि जसलाई उम्मेदवार बनाएपनि उसलाई काँधमा बोकेर निरन्तर लाग्ने हो भने एमालेको जित सुनिश्चित रहेको बताउनुभयो । आन्तरिक समस्या पनि त्यसै हल हुने उहाँले बताउनुभयो ।

पार्टी जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीले पार्टीलाई अप्ठ्यारो परेको बेला बोल्नु र लेख्नु पर्ने कार्यकर्ता तयार हुनुपर्ने बताउनुभयो ।

बैठकमा केन्दीय सदस्य मेनुका काफले, जिल्ला उपाध्यक्ष शिव ढुंगेललगायतले धारणा राख्नुभएको थियो । जिल्ला कमिटीको बैठकमा १५ पालिका कमिटीका अध्यक्ष तथा प्रतिनधिहरुले लिखित रिपोटिङ गरेका थिए । बैठकले जिल्ला कमिटीको कार्य विभाजन, जिल्ला कमिटीमा मनोनित, वडा इन्चार्ज, विभागीय जिम्मेवारी र जनसंगठनको इन्चार्ज तोकेको एमाले झापाका कार्यालय सचिव छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकले हरि ढुंगाना (मेचीनगर), बोधराज न्यौपाने, बोधराज घिमिरे (दमक), देवेन्द्र चम्लागाई (बाह्रदर्शी), दिपेश लम्साल (अर्जुनधारा), प्रविन पोखरेल (बिर्तामोड), शान्ता गौतम (हल्दीबारी), तुलसा काफ (मेचीनगर), गौरी राजवंशी (झापा गाउँपालिका) र चन्द्रमाया तामाङ्ग (अर्जुन धारा)लाई मनोनित गरेको जिल्ला उपसचिव असारु राजवंशीले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला कमिटी अध्यक्ष गिरीले पार्टीले तोकेको निर्वतमान जिल्ला इन्चार्ज भटराईलाई दोसल्ला ओढाएर सम्मान गरी बिदाई गर्नुभएको थियो । बैठकमा पार्टीको केन्द्रीय कमिटीले केहीदिनअघि तोकेको जिल्ला इन्चार्ज रोमनाथ ओली, केन्द्रीय कमिटी सदस्यमा मनोनित हुनुभएको इन्द्र भण्डारी, केन्द्रीय सल्लाहकार चिन्तन पाठक र निर्वाचन क्षेत्र, प्रदेश तहको इन्चार्ज पाउने केन्द्रीय सदस्यहरुलाई स्वागत सम्मान गरिएको जिल्ला सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।