६ असार २०८३, शनिबार

बंगलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको शान्तिको लागि दीप प्रज्वलन

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले बंगलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको शान्तिको लागि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

आज शनिबार माइतीघर मण्डलामा बंगलादेशमा इस्लामिक जिहादीद्वारा हत्या गरिएका हिन्दूहरूको आत्मा शान्तिको लागि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । सोही क्रममा विश्व हिन्दु महासंघ केन्द्रीय अन्तराष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मालम्बीहरु माथि भइरहेको अन्यायको निन्दाको रुपमा कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बंगलादेशमा हिंसात्मक द्वन्द्व भड्कियो, त्यसपछि राजनीतिक परिवर्तनसँगै धार्मिक संघ संस्थाहरुमाथि विशेष रुपमा त्यहाँको हिन्दु मन्दिरहरुलाई लक्षित गरेर मन्दिरहरु भत्काउने कार्य भएपछि हामीले त्यसको विरोध गरेका छौँ । हिजो मात्र बंगलादेशको राजदूतावासमा गएर यसबारे ज्ञापनपत्र पनि बुझाएका छौँ । आजको कार्यक्रम जतिपनि सनातन धर्मालम्बीहरु माथि भइरहेको अन्यायको हामीले निन्दा गरेका छौँ ।’

उनीहरुले ‘हिन्दुहरुमाथिको दमन बन्द गर’, ‘नेपाललाई हिन्दु राष्ट्र कायम गर’लगायतका नारा लगाएका थिए ।