
काठमाडौं, २६ साउन । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले आज राजीनामा दिनुभएको छ । आन्दोलनकारी विद्यार्थीहरुले सर्वोच्च अदालत घेराउ गरेपछि उहाँले राजीनामा दिनुभएको हो बीबीसी हिन्दीले जनाएको छ ।
बिहानदेखि नै सयौंको संख्यामा विद्यार्थीहरू सर्वोच्च अदालत परिसरमा जम्मा भएर प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नाराबाजी गरिरहेका थिए । आन्दोलनकारी विद्यार्थीहरूले प्रधानन्यायाधीशसँगै पुनरावेदन अदालतका न्यायाधीशहरूको पनि राजीनामा माग गरेका छन् । उनीहरूको आरोप छ कि प्रधानन्यायाधीश हसनले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेका थिए ।
नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेपछि पनि यहाँ आन्दोलन जारी रहेको छ । आन्दोलनकारीहरूको आशंका छ कि प्रधानन्यायाधीश हसनले अन्तरिम सरकारलाई अपदस्त गर्न अदालतबाट पूर्वप्रधानमन्त्री हसिनाको पक्षमा काम गरिरहेका थिए । यसै आन्दोलनको कारण पूर्वप्रधानमन्त्री शेख हसिना देशबाट भागेर भारत पुग्नुभएको थियो ।















प्रतिक्रिया