२३ असार २०८३, मंगलबार

माओवादी जाजरकोटका नेता थापा एमाले प्रवेश

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेकपा (माओवादी केन्द्र) जाजरकोटका नेता टेकबहादुर थापा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार पार्टी कार्यालय च्यासलमा नेता थापालाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

थापा तत्कालीन नेकपा (माले) जाजरकोटको संस्थापक मध्येका एक हुनुहुन्छ । २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि माले गठन गरी जाजरकोटको पश्चिम क्षेत्रमा संगठन विस्तार गर्ने नेताहरूमध्ये थापा पनि एक हुनुहुन्छ ।

२०५८ सालतिर माओवादीमा आवद्ध भएर क्रियाशील रहनुभएका थापा लामो समय शिक्षण पेशामा रहनुभएको थियो ।

माओवादी केन्द्र अझै पनि पार्टीका रूपमा विकास हुन नसकेको, व्यक्तिवाद र चर्को अवसरवादको दलदलमा फसेको निष्कर्षका साथ उहाँ पुरानै घर एमालेमा फर्कनुभएको हो ।

पार्टी प्रवेशका क्रममा नेता थापाले नेपालमा कम्युनिस्ट आन्दोलनको रक्षा र विकासका लागि नेकपा (एमाले)लाई बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।