
काठमाडौं, २६ साउन । गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका रहेको बताउनुभएको छ ।
आज शनिबार ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका छन् । रेप भनेको रेप नै हो । बन्दुक बोकेका मान्छेलाई गरेपनि साधारण व्यक्तिलाई गरेपनि रेप भनेको रेप नै हो । अरु अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्धका अपराधहरु छन्, कोही राज्य विरुद्दका अपराध छन् तर बलात्कार भनेको त मानवता विरुद्धको अपराध हो । यी पीडाहरुलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौँ भने बलात्कारलाई देशमा कम गर्न सक्छौँ ।’
साथै, उहाँले अहिलेको विधेयक पीडितमैत्री भएको बताउनुभयो । उहाँले सबै पीडितलाई एक ठाउँमा लिएर पीडकको पीडा समाधान गर्नुपर्ने बताउनुभयो ।
यस्तै, गृहमन्त्रीले कानून जस्तोसुकै भएपनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताउनुभयो । उहाँले पीडकको पीडा पीडितले मात्र बुझ्ने दाबी गर्नुभयो ।













प्रतिक्रिया