२६ जेष्ठ २०८३, मंगलबार

काठमाडौंका यी क्षेत्रमा आज पाँच घण्टा विद्युत् अवरुद्ध

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । काठमाडौंको थानकोट क्षेत्रमा शनिबार पाँच घण्टा विद्युत् अवरूद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै बलम्बु सहायक वितरणक केन्द्रको थानकोट फिडरअन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने जानकारी दिएको हो ।

प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले ती क्षेत्रमा बत्ती जाने जानकारी दिएको छ । थानकोट फिडरअन्तर्गत बलम्बु विद्युत कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुललगायतका क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।

निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुरु हुने प्राधिकरणले जनाएको छ ।