७ असार २०८३, आइतबार

ब्राजिलमा विमान दुर्घटना : ६१ जनाको मृत्यु

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । ब्राजिलको साओ पाउलो राज्यमा भएको एक विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । भोपस एयरलाइन्सको एटीआर ७२-५०० विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको बेला भिन्हेडो शहरमा खसेको हो ।

स्थानीय अधिकारीहरूकाअनुसार दुर्घटनामा चालक दलका चार सदस्य र ५७ जना यात्रु गरी कुल ६१ जनाको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा विमान ठाडो रूपमा घुम्दै तल खसिरहेको देखिन्छ । विमान एक आवासीय क्षेत्रमा खसेको र एउटा घरमा क्षति पुगेको छ । तर, त्यसबाट थप मानविय क्षति नभएको जनाइएको छ । प्रहरी र दमकल टोलीहरूले तत्काल घटनास्थलमा पुगी उद्धार कार्य र भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

फ्रान्सेली-इटालियन विमान निर्माता कम्पनी एटीआरले दुर्घटनाको अनुसन्धानमा सहयोग गर्ने बताएको छ । ब्राजिलको नागरिक उड्डयन एजेन्सीकाअनुसार सन् २०१० मा निर्माण भएको विमान राम्रो अवस्थामा सञ्चालन भइरहेको थियो ।

घटनाप्रति ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै, साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीनदिन राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।