
काठमाडौं, २५ साउन । बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ।
बिहीबार राति नोबेल पुरस्कार विजेता डा। मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उनको टोलीका दुई विद्यार्थी नेतासहित १७ सदस्यले सपथ लिएका छन् ।
एम नाहिद इस्लाम र आसिफ महमूद साजिब भुइया विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नाम हो । उहाँहरु दुवैलाई त्यहाँ भएको ‘कू’को मुख्य अनुहार मानिन्छ। दुवै अहिले नयाँ सरकारमा सहभागी हुनुभएको छ । मोहम्मद युनुस सेना समर्थित सरकारको सल्लाहकार बने पनि त्यहाँ प्रधानमन्त्री भने निर्वाचित हुनु भएको छैन । तर उहाँको हैसियत प्रधानमन्त्रीको जस्तै छ । जबकि उहाँको सल्लाहकार परिषदमा परेका सदस्य मन्त्रीको हैसियतमा रहनु हुनेछ ।
आउनुहोस्, जानौं मन्त्री भएका दुई विद्यार्थी नेताका बारेमा
को हुन् नाहिद इस्लाम ?
नाहिद इस्लाम धेरै दिनदेखि बंगलादेशमा आरक्षण विरुद्ध चलिरहेको विद्यार्थी आन्दोलनको मुख्य अनुहार हुन्। नाहिद एक बंगलादेशी विद्यार्थी कार्यकर्ता हुन्, उहाँ बंगलादेश कोटा सुधार आन्दोलनका प्रमुख नेताहरू मध्ये एक हुनुहुन्थ्यो । विद्यार्थीको यो आन्दोलन पछि असहयोग आन्दोलनमा परिणत भयो । यो आन्दोलन शेख हसिना सरकारको पतनको कारण बन्न पुग्यो । विद्यार्थी नेता नाहिदकै कारण आन्दोलन यति हिंसात्मक बनेको थियो भने शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । नाहिद पनि मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न मनाउने व्यक्ति हुनुहुन्छ ।
नाहिद इस्लामको जन्म सन् १९९८ मा ढाकामा भएको थियो । उहाँ ढाका विश्वविद्यालयबाट २०१( १७ ब्याचका समाजशास्त्रका विद्यार्थी हुनुहुन्छ। उहाँ मानवअधिकारकर्मी तथा विद्यार्थी संगठन ‘विभेद विरुद्ध विद्यार्थी’का संयोजक पनि हुनुहुन्छ । उहाँका बुबा शिक्षक र आमा गृहिणी हुनुहुन्छ । नाहिद विवाहित हुनुहुन्छ भने उहाँका एकजना भाइ पनि हुनुहुन्छ ।
को हुन् आसिफ महमूद ?
बंगलादेशको अन्तरिम सरकारका सदस्य आसिफ महमूद विद्यार्थी आन्दोलनको अर्को ठूलो अनुहार हो। आसिफ भेदभाव विरोधी विद्यार्थी आन्दोलनका मुख्य संयोजक हुनुहुन्छ । कुमिल्लाका आसिफ ढाका विश्वविद्यालयको २०१७९१८ ब्याचका भाषा अध्ययनका विद्यार्थी हुनुहुन्छ। उहाँ जून महिनामा आरक्षण विरुद्धको राष्ट्रव्यापी विद्यार्थी आन्दोलनमा सामेल हुनुभयो ।
आसिफ महमूद जम्मा २६ वर्षका हुनुहुन्छ । आसिफ महमूदले नख्खलपारा हुसेन अली हाई स्कूलबाट पढ्नु भएको थियो । र, २०१५ मा एसएससी पास गर्नु भएको थियो । उहाँले सन् २०१७ मा आदमजी क्यान्टोन्मेन्ट कलेजबाट एचएससी पास गर्नु भएको थियो । आसिफ कलेजको बीएनसीसी प्लाटुनका पूर्व क्याडेट सर्जेन्ट हुनुहुन्थ्यो । उहाँ ढाका विश्वविद्यालयको विद्यार्थी अधिकार परिषद्का अध्यक्ष पनि हुनुहुन्थ्यो ।
यी हुन बंगलादेशको अन्तरिम सरकारका १७ सदस्य
१. डा. मोहम्मद युनुस
२. डा. सलेहुद्दीन अहमद
३. ब्रिगेडियर जनरल (सेवानिवृत्त) एम सखावत हुसेन
४ डा. एमडी नजरुल इस्लाम (आसिफ नजरुल)
५. आदिलुर रहमान खान
६. एएफ हसन आरिफ
७. मोहम्मद तौहिद हुसेन
८. सैयदा रिजवाना हसन
९. सुप्रदीप चकमा
१०. फरिदा अख्तर
११. विधान रञ्जन राई
१२. शर्मीन मुर्शिद
१३. एएफएम खालिद हुसेन
१४. फारुक ए आजम
१५. नूरजहाँ बेगम
१६. नाहिद इस्लाम
१७. आसिफ महमूद









प्रतिक्रिया