२९ जेष्ठ २०८३, शुक्रबार

१७ महिनापछि छुट्ने भए आपका नेता मनिष सिसोदिया

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २५ साउन । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप)का नेता मनिष सिसोदियालाई कथित दिल्ली एक्साइज नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार र मनी लान्ड्रिंग मुद्दामा जमानत दिएको छ ।

गत अगस्ट ६ मा सर्वोच्च अदालतले मनिष सिसोदियाको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको थियो । आज न्यायाधीश बीआर गवई र न्यायाधीश केवी विश्वनाथनको इजलासले फैसला सुनाएको हो । फैसला सुनाउँदै सर्वोच्च अदालतले मनिषलाई लामो समयदेखि जेलमा राखिएको जनाएको थियो । कुनै पनि सजायबिना कसैलाई पनि लामो समय जेलमा राख्न सकिँदैन ।

मनिष तल्लो अदालत र त्यसपछि उच्च अदालत जानुभएको थियो । त्यसपछि मात्रै सर्वोच्च अदालत आउनु पर्छ भनिएको थियो । उहाँले दुवै अदालतमा निवेदन दिनुभएको थियो । त्यसपछि मनिषले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । पहिलो आदेश अनुसार ६ देखि ८ महिनाको म्याद सकिएको थियो ।