२५ जेष्ठ २०८३, सोमबार

लुम्बिनी कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २५ साउन । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिनुभएको छ ।

तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताउनुभएको छ । तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताउनुभए पनि उहाँ निकट स्रोतले भने मन्त्री नपाउँदा राजीनामा दिएको बताउँछ ।

कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बन्नुभएको छ ।

सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्रीको सूचीबाट उहाँको नाम हटाइएको थियो । त्यसपछि उहाँ रुष्ट बन्नुभएको थियो ।