
रौतहट, २५ साउन । रौतहटमा चोरीको मोटरसाइकलसहित २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय बौद्धीमाई नगरपालिका-५ का वर्ष २० को भगत भन्ने अभिषेक यादव र वर्ष २१ को मुकेश कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभएको छ । चोरीको मोटरसाइकलसहित पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।
बिहीबार बिहान २ः३० बजे परोहा नगरपालिका ६ बस्ने मोतीलाल प्रसाद कुर्मीको नाममा दर्ता रहेको ना २० प ५८३२ नम्बरको मोटरसाइकल घरको बरण्डामा पार्किङ्ग गरी राखेको स्थानबाट चोरी भएको थियो ।
मोटरसाइकल चोरीको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरीको टोलीले खोजतलासको क्रममा बौद्धीमाई नगरपालिका-५ मा मोटरसाइकलसहित दुवैजनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।







प्रतिक्रिया