१४ असार २०८३, आइतबार

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आजदेखि बस्दैछ ।

समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकमा जनपरिचालन, संगठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

त्यसअघि आजै बिहान ११ः०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ । बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने पार्टीले जनाएको छ ।