२ श्रावण २०८३, शनिबार

भर्‍याङबाट लडेर एक जनाको मृत्यु

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २५ साउन । बाजुरामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीबार मृत्यु भएको हो । उहाँको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङ (सिँडी)बाट लडेर टाउकोमा चोट लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।