२४ असार २०८३, बुधबार

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ साउन । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको बताउनुभयो ।