३१ आश्विन २०८३, शनिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर र युरोको विदेशी विनिमय दर बढ्दा र बेलायती पाउण्डको विनिमय दर घटेको छ । कतारी रियलको खरिद दर स्थिर रहँदा बिक्री दर सामान्य अंकमा बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिददर १४६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९३ पैसा पुगेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।