
काठमाडौं, २४ साउन । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले हालै ‘सिसा पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस-४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ ।
आफ्नो स्थापनाकाल देखिनै सेवाग्राहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत पीसीआई डीएसएसको मापदण्डहरु पूरा गरी प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जनाएको छ ।
यो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नवीकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नवीकरण गरेको छ । आइएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनियता कायम गर्नका साथै डाटा उल्लंघन हुनबाट जोगाउने क्षमता भएका कारण प्रमाणीकरण प्राप्त गरेको बताइएको छ ।









प्रतिक्रिया