
काठमाडौं, २४ साउन । जापानमा शक्तिशाली भूकम्प गएको छ । आज क्युसु सहरलाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको बताइएको छ ।
बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिइएको छ ।








प्रतिक्रिया