
काठमाडौं, २४ साउन । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरीले देशमा चर्को उथलपुथलका बीच पदबाट हटाइएपछि आफ्नी आमालाई भेट्न नपाएको पीडा व्यक्त गर्नुभएको छ ।
हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस दुःखद् घडीमा आफ्नी आमालाई अँगालो हाल्न पनि नसकेको उल्लेख गर्नुभएको छ ।
वाजेदले लेख्नुभएको छ- ‘मैले माया गर्ने मेरो देशमा मानिहरुले ज्यान गुमाउनु पर्दा म दुखी छु । यो कठिन समयमा आमालाई भेट्न र अँगालो हाल्न नसक्दा म अत्यन्तै दुखी छु । म विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको रूपमा मेरो जिम्मेवारीप्रति प्रतिबद्ध छु ।’
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक प्रदर्शनका कारण शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोड्नुभएको छ र उहाँ अहिले भारतमा हुनुहुन्छ ।









प्रतिक्रिया