
काठमाडौं, २४ साउन । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो ।
बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी,आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ७ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ६ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया