शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

देउती सोप एन्ड केमिकल्सको ‘भेरी रिठ्ठा पात’ ब्रान्ड डिटरजेन्ट पाउडर बजारमा

दैनिक नेपाल २०८१ साउन २३ गते १७:०६

नेपालगञ्ज, २३ साउन । नेपालगञ्जस्थित देउती सोप एन्ड केमिकल्स प्रालिले ‘भेरी रिठ्ठा पात’ ब्रान्डमा डिटरजेन्ट पाउडर उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले नेपालगञ्जमा एक कार्यक्रम गरी नयाँ ब्रान्ड सार्वजनिक गरेको हो ।

कम्पनीका सञ्चालक यज्ञबहादुर ओली र बिजनेस हेड सिए टोपबहादुर शाहीले भेरी रिठ्ठापात डिटरजेन्ट पाउडर १५० ग्रामदेखि ४ किलोग्रामसम्मको प्याकेटमा बजारमा उपलब्ध गराएको जानकारी दिनुभयो । कपडाबाट पसिना, माटो, खानेकुरालगायतको दाग हटाउने मामिलामा प्रतिस्पर्धी ब्रान्डको तुलनामा अब्बल रहेको यो डिटरजेन्ट पाउडरमा कलर प्रोटेक्सन टेक्नोलोजी प्रयोग गरिएको उहाँले बताउनुभयो । यस टेक्नोलोजीले कपडाको रङ उड्ने र फिका हुँदै जाने समस्या आउन नदिने कम्पनीको दाबी छ ।

यसमा रहेको जर्म फाइटरले कपडालाई कीटाणुरहित बनाउँदै सफाइको स्तर उकास्ने कम्पनीका बजार व्यवस्थापक शालिकराम कँडेलले बताउनुभयो ।

देउती सोप एन्ड केमिकल्सले यशोदा ब्रान्डमा डिटरजेन्ट पाउडर, भेरी ब्रान्डमा लुगाधुने साबुन, हर्बल डिटरजेन्ट केक र डिसवास बार उत्पादन गर्दै आएको छ । भेरी ब्रान्डमा डिटरजेन्ट पाउडर पनि कम्पनीले उत्पादन एवं बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित