३० असार २०८३, मंगलबार

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।