शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

दैनिक नेपाल २०८१ साउन २३ गते ७:१६

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्ड र युरोको विदेशी विनिमय दर घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ शून्य पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित