
काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर भने घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया