२१ असार २०८३, आइतबार

प्रभु बैंकको नाफामा उल्लेख्य प्रगति : खुद नाफा ४ अर्ब ४८ करोड, लोन लस प्रोभिजनमा कमी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । प्रभु बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति हासिल गर्दै ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २८ करोड रुपैयाँको तुलनामा निकै उच्च हो ।

यसैगरी, बैंकको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) ह्वात्तै घटेको छ, जसकारण नाफामा उच्च वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले कुल ५५ करोड ६८ लाख रुपैयाँ लोन लस प्रोभिजन गरेको छ । अघिल्लो पटक यस्तो रकम ५ अर्ब २१ करोड थियो ।

यस्तै, बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १९ प्रतिशतले बढेको छ । आम्दानी बढ्दा पनि नाफामा टेवा पुगेको देखिन्छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा ५ रुपैयाँ २० पैसा छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी भने १९ रुपैयाँ ३ पैसा छ ।

यस्तै, बैंकले अझै पनि ठूलो मात्रामा कर्जा असुली गर्न नसकेको देखिन्छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.७८ प्रतिशत छ । अघिल्लो पटक यस्तो कर्जा ४.९८ प्रतिशत थियो । २३ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा (रिजर्भ) ११ अर्ब ६६ करोड छ ।