२ असार २०८३, मंगलबार

नबिल बैंकको खुद नाफा ७ अर्ब ६ करोड

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नबिल बैंक लिमिटेडले खुद नाफा ७ अर्ब ६ करोड रुपैयाँ कमाएको छ ।

सार्वजनिक गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले यस अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकको खुद नाफा ६ अर्ब ४० करोड थियो ।

बैंकको खुद ब्याज आम्दानी घट्दा पनि नाफा बढेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ८.६ प्रतिशत घटेको छ । फी तथा कमिसन आम्दानी बढ्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्दा नाफामा टेवा पुगेको देखिन्छ ।

यसैगरी, बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९ पैसा छ । प्रतिसेयर आम्दानी पहिले २३ रुपैयाँ ६७ पैसा थियो । वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ २६ पैसा छ । बैंकको निष्क्रिय कर्जा सामान्य घटेको छ । अघिल्लो पटक यस्तो कर्जा कुल कर्जामा १.१८ प्रतिशत रहेकोमा अहिले १.०७ प्रतिशत छ ।

त्यस्तै, सीडी रेसियो ८३ प्रतिशत छ । यसले बैंक थप लगानी गर्नका लागि स्रोत पर्याप्ततामा रहेको जनाउँछ । आधार कर ७.६३ प्रतिशतमा झरेको छ । अघिल्लो पटक यस्तो आधार दर ९.५२ प्रतिशत थियो ।

२७ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषको आकार २८ अर्ब ६५ करोड छ । बैंकको मुख्य बिजनेस कर्जा प्रवाह १२.९४ प्रतिशत बढेको छ । बैंकले असार मसान्तसम्म ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।