१ असार २०८३, सोमबार

कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । शाहले नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आजै दावी पेश गर्नुभएको थियो ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।