
काठमाडौं, २० साउन । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारु सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
संघको शुक्रबार भएको २०औं वार्षिक साधारण सभाले आगामी ३ वर्षको लागि मारुलाई अध्यक्षमा चयन गरेको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा मारु, उपाध्यक्षमा तारा पोखरेल तथा विकास दुगड, महासचिवमा राजाराम खड्का तथा कोषाध्यक्षमा अरुण कर्ण रहनुभएको छ ।
अध्यक्ष मारु विगत लामो समयदेखि सिमेन्ट उद्योगमा आवद्ध हुनुहुन्छ ।
नवनिर्वाचित अध्यक्ष मारुले नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालीन तथा अल्पकालीन समस्याहरुको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि निजिक्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्ने बताउनुभयो । साथै, उहाँले सम्पूर्ण सिमेन्ट उद्योगीहरुलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैंङकिङ तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरुसँग समन्वय गर्दे अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।









प्रतिक्रिया