१४ असार २०८३, आइतबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

38.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा २ सय रूपैयाँले घटेको हो । शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रूपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ७ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।